PRABHU BANK

प्रभु बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले अन्नपूर्ण केबुलकारको सेवामा छुट पाउने भएका छन् । बैंक र  पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्राइभेट लिमिटेड बिच ग्राहकहरूलाई छुट दिने बारे सम्झौता भएको हो ।

बैंकका ग्राहक र कर्मचारीलाई छुट प्रदान गर्ने सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीले २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौता पत्रमा अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत बैङ्किङ सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै