PRABHU BANK

सिटिजन्स बैंकका ग्राहकहरूले दुषित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशत छुट पाउने  

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिमपाट स्थित दुषित प्रिन्सेस काठमाडौँ बिच छुट सम्बन्धी समझदारी भएको छ । बिहीबार बैंक र प्रिन्सेस काठमाडौँबीच ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले दुषित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने बैंकले जानेको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ इसाईहरूबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंक चालु आर्थिक वर्षमै थप ७ पाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने तयारीमा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै