PRABHU BANK

लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल: महिला सशक्तीकरणका लागि समता एजुकेसन र केयुसँग समझदारी

काठमाडौँ ।  लक्ष्मी सनराइज बैंकले महिला सशक्तीकरण प्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै ‘शिक्षित लक्ष्मी’ पहलको सुरुवात गरेको छ । बाँकेले ‘शिक्षित लक्ष्मी’ कार्यक्रम अन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न गरेका विभिन्न गतिविधि र कार्यक्रमलाई एउटै छाताभित्र ल्याएको हो ।

यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरूलाई राष्ट्र निर्माणमा योगदान पुर्‍याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ । कार्यक्रम अन्तर्गत आगामी ७ वर्षमा कुल ३५ लाख रुपैयाँ रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेसन ट्रस्टसँग समझदारी गरेको छ ।

सो रकमले देशभरिका समता स्कुलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरूले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् । यसै गरी बैंकले आगामी ५ वर्षसम्ममा १ करोड रुपैयाँको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

कोष मार्फत सोही विश्वविद्यालयबाट विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयहरूमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरूको संख्या वर्षेनी बढाउँदै लगिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै