PRABHU BANK

प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्सबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता

काठमाडौँ । प्राइम कमर्सियल बैंक र इन्फोडेभलपर्स बिच सफ्टवेर प्रयोग गर्ने बारे सम्झौता भएको छ । बिहिबार इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६० सफ्टवेयर (अटोमेटेड बजेटिङ्ग सोलुसन) प्रयोगमा ल्याउने बारे सम्झौता भएको हो ।

उक्त सम्झौतामा प्राइम कमर्सियल बैंकको तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ र इन्फोडभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले हस्ताक्षर गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सरल, अनुकूल र गतिशील बजेटिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यका साथ इन्फोडेभलपर्सले ल्याएको बजेट ३६० सफ्टवेयरले बजेटिङ गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । इन्फोडेभलपर्सका सुवेदीले सो लक्ष्य पुरा गर्न बजेटको निर्माण, बाँडफाँड, अनुगमन तथा रिपोर्टहरू तयार गर्न सहज हुने पनि बताएका छन् ।  

बैंक तथा वित्तीय संस्थाको बजेट निर्माण, तर्जुमा, कार्यान्वयन, अनुगमन र नियन्त्रण गर्न सहयोग पुर्‍याउने बजेट ३६० स्वचालित बजेटिङ प्रणाली हो ।  बजेटिङ प्रणाली मार्फत गत वर्षको तथ्याङ्कमा आधारित रहेर आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको सबै प्रक्रिया गर्न सकिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै