National

सानिमा बैंकको फोनपे क्यूआर मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने

काठमाडौं । सानिमा बैंकको फोनपे क्यूआर मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने भएको छ । बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको हो ।

बैंकका अनुसार भारतीय नागरिकहरूले अब फोनपे, भीम एप र युपीआई मार्फत फोनपे नेटवर्क अन्तर्गतका क्युआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

यस सहकार्यबाट नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरुले नेपालमा सुरक्षित र सुनिश्चित डिजिटल माध्यमबाट झन्झटमुक्त भुक्तानीको अनुभव प्राप्त गर्न सकिने बैंकले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै