National

एकैपटक बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एकैपटक बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्नका लागि वैशाख २७ गते एकैपटक बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो । बैंकले (आज) बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ ।

त्यस्तै, निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ ३ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै