National

एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोडको शाखा कार्यालयमा तोडफोड

काठमाडौँ । एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड भएको छ । प्रहरीले तोडफोडमा संलग्न चार जना व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।

उक्त घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई, बिर्तामोड-३ सैनिकमोडका मनिकुमार तामाङ सहित चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिएका छन् ।

पक्राउ पर्ने अन्य दुईजनाको नाम सार्वजनिक भएको छैन ।

प्रहरीका अनुसार उनीहरूले एभरेष्ट बैंक रहेको घरमा ढुंगा प्रहार गर्दा घरको १५, १६ वटा सिसा फुटेको छ । ज्योति विकास बैंकमा भने केही क्षति नभएको पाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै