National

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्युटर र प्रिन्टर हस्तान्तरण

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले धादिङ्गको एक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरको छ । बैंकको सिम्ले शाखाले धुनिवेशी नगरपालिका वडा नं.६ स्थित कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर र एक थान कलर प्रिन्टर सहयोग गरेको गरेको हो ।

कालीदेवीमा अध्यनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने र कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न सहयोग पुर्याउने उदेश्यले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

कालीदेवी आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकीय कार्य गर्न समेत सहज हुने र पाठ्य सामाग्री अध्ययन गर्न पनि कम्युटर उपयोगी बैंकको विश्वास छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकासलगायतका क्षेत्रहरुमा सहयोग गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै