National

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकका विभिन्न साखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी, युवा क्लब, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरू सम्पन्न गरेको हो ।

बैंकको बेलौरी शाखाद्वारा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागूऔषध सम्बन्धी जनचेतनामूलक बोर्डहरू हस्तान्तरण गरिएको छ । वडा क्षेत्रभित्र लागूऔषध अपराध सम्बन्धी जनचेतनामूलक बोर्डहरू राखी त्यस्ता कार्यालयलाई निरुत्साहित गर्न मद्दत पुर्याउन उद्देश्यले बैंकले उक्त सामग्री सहयोग गरको हो । बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरी प्रसाद जैशीलाई उक्त बोर्डहरू हस्तान्तरण गरेका थिए ।

बैंकले कोटेश्वर शाखाबाट काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर समाज सुधार युवा क्लबलाई खानेपानीको ट्याङ्की हस्तान्तरण गरको छ भने क्लब भवनमा खानेपानीको धारा जोडिएको तर पानी जम्मा गर्ने ट्याङ्की भने केहिदिनमा उपलब्ध गराउने बैंकले जनाएको छ ।  

त्यस्तै इटहरी शाखाद्वारा इटहरी उपमहानगरपालिका –२०, धरान सुनसरीमा अवस्थित श्री बाल बहुभाषीय महाविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्कुल व्याग, कापी तथा अन्य आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएकोछ । विद्यालयमा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरू अध्ययनरत भएकाले शैक्षिक आवश्यकता पुरा गर्न सजिलोहोस् भन्दै उक्त सहयोग प्रदान गएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै