National

राष्ट्रिय वाणिज्य बैंकको सिइओ बन्न उच्च पदका कर्मचारीसहित २० जनाको आवेदन

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि २० जनाको आवेदन परेको छ । गत वैशाख ७ गतेदेखि कार्यकारी अधिकृतका लागि खुलेको आवेदनमा बैंकभित्रबाट उच्च पदका कर्मचारीसहित २० जनाले आवेदन दिएका हुन् । 

बैंकले २१ दिनको म्याद राखेर खुलाएको दरखास्तमा पहिलो दिन १ जनाको आवेदन परेको थियो भने दोस्रोदिन ३ जनाले आवेदन दिएका थिए । अन्तिम दिनमा आएर १६ जना गरी जम्मा २० जनाको आवेदन परेको बैंकले जनाएको छ ।

आवेदन दिनेहरूमा पवन रेग्मी, विष्णु देव यादव, प्रकाश चन्द्र अधिकारी, डा. राम राज उपाध्याय, देवेन्द्र रमण खनाल, दीर्घ बहादुर अर्याल, झविन्द्र खत्री, गणेश प्रसाद गौतम, कृष्ण बहादुर अधिकारी, सुरेश देवकोटा रहेका छन् भने शंकर केसी, प्रमोद बाबु तिवारी, कृष्ण प्रसाद आचार्य, शंकर कुमार रायमाझी र माधव प्रसाद रेग्मीले पनि आवेदन दिएका छन् ।

त्यस्तै, रामदेव यादवले दरखास्त खुलाएको पहिलो दिननै आवेदन दिएका थिए भने वैशाख २६ गते अगम मुखिया, दुर्गा कुमारी कँडेल र नरेश राज अर्याललगायत २० जनाले कार्यकारी अधिकृतका लागि आवेदन दिएको बैंकले जनाएको छ । बैंकका कार्यकारी अधिकृत किरण श्रेष्ठको २ कार्यकालको पदावधि सकिएपछि गत वैशाख ७ गतेदेखि आवेदन खुलेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै