National

सिटिजन्स बैंकको बोर्ड सदस्यमा इला शर्मा नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालकमा इला शर्मा नियुक्त भएकी छिन् । बुधबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशकको कार्य अनुभव लिएकी शर्मा सिटिजन्स बैंकको सञ्चालकमा नियुक्त भएकी छिन्  ।

उनले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी शर्मासँग विभिन्न आईएनजीओमा पनि काम गरेकी छन् । कानुनमा विषयमा अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त पनि हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै