National

लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्यो प्रयोगशाला उपकरण

काठमाडौँ । लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई प्रयोगशाला उपकरण हस्तान्तरण गरेको छ । बैंकले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई एक कार्यक्रमका बीच ‘डिजिटल हट एयर ओभन उपकरण’ हस्तान्तरण गरेको हो ।

बैंकका अनुसार प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ खरिद गरी हस्तान्तरण गरिएको हो ।

बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले उक्त उपकरण नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सभापति डण्डराज शर्मा पौडेललाई हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा पोखरा स्थित बैंकका शाखा कार्यालयका शाखा प्रमुखहरू, नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका तर्फबाट उपसभापतिद्वय धर्मराज अधिकारी र उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारीलगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै