National

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा सरसफाइ लगायतका कार्यक्रम गरेको छ । बैंकले हिजो सोमबार १० गते पृथ्वी दिवस २०२४ को अवसरमा वातावरणीय समस्याहरू र सरसफाइ लगायतका कार्यक्रम आयोजना गरेको हो । 

प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरु बारे सचेतना गराउने उद्देश्यले बालबालिकालाई सहभागी गराई ‘प्लानेट भर्सेस प्लाष्टिक’ मा चित्रकला प्रतियोगिता पनि आयोजना गरेको थियो । बैंकले उक्त कराकोरम मार्फत प्लास्टिक र प्लास्टिक जन्य फोहोरले वातावरणमा पारिरहेको नकारात्मक असर कम गर्ने विश्वास लिएको जनाएको छ । 

दिवसको अवसर पारी बैंकले पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले चित्रकला प्रतियोगिता कार्यक्रम गरेको थियो भने कार्यक्रममा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सिद्धार्थ बैंक लिमिटेडले देशैभरी फैलिएको आफ्ना १९६ वटा शाखा (५ वटा एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ सेवा र २२६ वटा एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै