National

बैंकले धितो नबिकेर सकारेको हदबन्दी बढी जग्गा ३ वर्षभित्र बेच्नुपर्ने, सबैभन्दा समस्या एनआईसी एशियालाई

काठमाडौं । बैंकहरुले हदबन्दि भन्दा बढी धितो भएमा ३ बर्षभित्र बिक्री गर्नुपर्ने भएको छ । बैंकहरुले कर्जा असुली नभएपछि धितो लिलाम गर्दा उक्त्त धितो जग्गा हदबन्दीभन्दा बढी धितो भएमा ३ बर्षभित्र बिक्रि गर्नुपर्ने भएको हो ।

सोमबार राष्ट्रपतिले लगानी सहजीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने ऐन २०८१ जारी गरे पछि उक्त अध्यादेश मार्फत भूमिसम्बन्धी ऐनलाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले बिक्री नभएको धितो लिलाम हदबन्दीभन्दा बढी सकार गरेको भएमा ३ वर्षभित्र बिक्री गर्नुपर्ने व्यवस्था गरेको हो ।

‘बैंक वा वित्तीय संस्था तथा सहकारी संघ संस्थाले कर्जा सुरक्षण वापत धितो लिएको जग्गा लिलाम बिक्री गर्दा कसैले लिलाम सकार नगरी सम्बन्धित बैंक वा वित्तीय संस्था वा सहकारी संघसंस्था आफैंले सकार गर्दा हदबन्दीभन्दा बढी हुने भएमा त्यस्तो जग्गा सकार गरेको मितिले तीन वर्षभित्र बेचबिखन गरी सक्नु पर्नेछ,’ भूमिसम्बन्धी ऐनको संशोधनमा भनिएको छ ।

संशोधन ऐनका अनुसार सरकारले तोकेको उक्त्त समय भित्र जग्गा बेचबिखन नगरेमा उक्त्त जग्गा बेचबिखन गर्न नेपाल सरकारको स्वीकृति लिनुपर्ने छ ।

लगानी सहजीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने ऐनले सबैभन्दा बढी समस्या एनआईसी एशिया समस्या भएको छ । गैर बैंकिङ सम्पत्ति सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएकोले यो व्यवस्थाले सबैभन्दा बढी एनआईसी एशियालाई अफ्ट्यारो पर्ने भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै