National

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष गणेश कुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार श्रेष्ठलाई नेपाल राष्ट्र बैंक पोखरा शाखाकी निर्देशक बिना ढकाल पौडेलले सपथ ग्रहण गराएकी हुन्

उनी २०८० चैत २७ गतेको ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।

सपथ कार्यक्रमपछि बोल्दै नवनियुक्त अध्यक्ष श्रेष्ठले ग्रीन डेभलपमेन्टलाई यो उचाइसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले खेलेको भूमिकालाई स्मरण गर्दै बैंकिङ  क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि थप सहयोग आवश्यक रहने बताए ।

श्रेष्ठले नेपाली बैंकहरूले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई प्रविधिमैत्री बनाउन आवश्यक हुने भन्दै आफ्नो कार्यकालमा ग्रीन डेभलपमेन्टलाई थप सबल र उत्कृष्ट बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै