PRABHU BANK

कामना सेवा विकास बैंकले गर्यो ऋणपत्र बाँडफाँड

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले माघ २२ गते बिहीबारबाट फागुन ६ गते बिहीबारसम्म १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाममा १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । सोही ऋणपत्र बैंकले बाँडफाँड गरेको हो ।
जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदनहरू प्रशोधन गर्दा ८ लाख ९९ हजार ३ सय ६८ कित्ता ऋणपत्र फागुन १२ गते बुधबार बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले एक सूचनामार्फत जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै