National

सगरमाथा इन्स्योरेन्स कम्पनीद्धारा आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा ३५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन

Sagarmatha Insurance
  • बैंकिङ संसार
काठमाडौ । सगरमाथा इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले पहिलो त्रैमासमा ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा भने ३२ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा अघिल्लो आर्थिक वर्षको खुद बीमाशुल्क कम हो । यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्व ४२ करोड रुपैयाँ आय रहेको कपनीले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्व २९ करोड रुपैयाँ आय रहेको थियो ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा भने ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा अघिल्लो आर्थिक वर्षको खुद नाफा घटी हो । यस कम्पनीको हाल चुक्ता पूँजी १ अर्व १२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५५ करोड २० लाख रुपैयाँ रहेको छ । कम्पनीको अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा भने जगेडा कोषमा ३९ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।
यस्तै बीमा कोषमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ करोड ९२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा भने कम्पनीको बीमा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २३ पैसा रहेको छ भने मुल्य आम्दानी ४० रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी प्रतिसेयर नेटवर्थ २ सय ३४ रुपैयाँ ४४ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै