National

एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्ने मंंसिर ९ गते अन्तिम दिन

Nic Asia Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने मंसिर ९ गते मंगलवार अन्तिम दिन रहेको छ । बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन रहेको हो ।
कम्पनीले मंसिर १० गते बुक क्लोज गर्ने भएकोले मंसिर ९ गते मंगलवारसम्म सेयर कायम गर्नुपर्ने भएको छ । कम्पनीले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश प्रस्ताव पारित गर्नका लागि कम्पनीले मंसिर २१ गते साधारणसभा बोलाएको छ । कम्पनीले सभा रजिष्टर्ड कार्यालय थापाथली काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै