National

गरिमा विकास बैंकद्धारा नयाँ योजना सार्वजनिक

काठमाडौँ । गरिमा विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०८१को अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार कुनै पनि सेवा तथा सामान खरिदगरी बैंकको डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम रु २ सय नगद फिर्ता पाउनेछन् ।

उक्त योजना अन्तर्गत बैंकको डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पिओएस मेसिनमार्फत कारोबार गर्दा अधिकतम रु २ सयसम्म नगद फिर्ता पाउनेछन् ।

बैंकले नगद  रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्धन गर्ने उद्धेश्यले उक्त योजना ल्याएको जनाएको छ । यो योजनाको अवधि वैशाख १ गतेदेखि वैशाख ३ गतेसम्म रहनेछ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै