National

वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंकको कति ? (विवरणसहित)

काठमाडौँ । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकका १३ वटा बैंकले व्यक्तिगत निक्षेपतर्फका ब्याजदर घटाएका छन् भने ५ वटा बैंकले व्यक्तिगत निक्षेपतर्फका ब्याजदर स्थिर राखेर वैशाख महिनाको ब्याजदर सार्वजनिक गरेका छन् ।

एभरेष्ट बैंक र एनएमबि २ वटा बैंकले भने व्यक्तिगत निक्षेपतर्फका ब्याजदर बढाएर सार्वजनिक गरेका छन् ।

ब्याजदर घटाउनेमा ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, प्राइम बैंक र सानिमा बैंक रहेका छन् ।

त्यस्तै, वैशाख महिनामा ब्याजदर स्थिर राख्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, र हिमालयन बैंक रहेका छन् ।

कुन बैंकको ब्याजदर कति विवरणमा हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै