National

सिटिजन्स बैंकका अध्यक्ष भन्छन्- ‘सबै मिलेर अघि बढे नेपालको भविष्य सुखद् देखिन्छ’

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलका अध्यक्षसमेत रहेका व्यवसायी प्रवल जंग पाण्डेले सबै मिलेर अघि बढे नेपालको भविष्य सुखद् रहने बताएका छन् । आज सामाजिक संजालमा एक पोष्ट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्-‘ १० वर्षभित्र नेपालले न्यूनतम पनि १५०००- १८००० मे . वा . बिजुली निर्यात गरिसकेको हुनेछ । जसको आम्दानी १६ खर्ब देखि २० खर्ब बराबर हुनेछ । जसको लागि सरकारले ट्रान्समिसन लाइन स्थापना गर्न निजी क्षेत्रसँग सहकार्य मा लगानी गर्न थाल्ने छ । आधिकांश हाइवेहरूमा ४ लेनको हुनेछ । वार्षिक ३० लाख भन्दा पर्यटक आगमन हुन थाल्नेछन् र सोही अनुसार पूर्वाधार पनि तयार हुनेछन । कृषिमा निजी क्षेत्र को प्रवेश व्यापक रुपमा हुनेछ , कृषिमा प्रविधिको प्रयोग ले कृषिबाट पनि प्रतिफल प्राप्त हुँदै जानेछ ।
अर्ग्यानिक कृषिले बढि मूल्यमा कृषि उत्पादन विदेश निर्यात हुँदै जानेछ । जडिबुटी प्रशोधनमा उल्लेख्य प्रगति भई जडिबुटी विदेश निर्यात बढ्दै जानेछ र जडिबुटीबाट स्थानीय र राज्यले पनि मनग्य आम्दानी हुँदै जानेछ । सरकारले केही नीतिगत सुधार गरिदिए नेपाल शिक्षा र स्वास्थ्य को हब बन्दै जानेछ ।
नेपालमा रहेको ४० % बन क्षेत्र लाई सदुपयोग गर्दा काठ निकासी बाट पनि राज्यले मनग्य आम्दानी गर्ने सम्भावना हुनेछ जसमा राज्यको नीतिमा परिवर्तन हुन जरुरी छ ।
बिजुलीबाट चल्ने साधन व्यापक रुपमा वृद्धि भई पेट्रोलियम पदार्थको परनिर्भरतामा निकै कमी आई राज्यको विदेश जाने पैसाको बचत हुनेछ । बिजुलीको निर्यात र पेट्रोलियम पदार्थको आयातको कमीले व्यापार घाटा हुने दिन सकिने छ ।
तसर्थ राज्य , निजी क्षेत्र , विकास चाहने राजनीतिक दलहरू मिलेर एउटै उद्देश्यका साथ अगाडि बढ्दा नेपालको भोलिको दिन सुखद् देखिन्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै