PRABHU BANK

सरकारलाई राष्ट्र बैंकका गभर्नरको जवाफ – ‘सहकारी संस्थालाई पुनर्कर्जा उपलब्ध गराउन सकिँदैन’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरुलाई पुनर्कर्जा उपलब्ध गराउन नसकिने बताएको छ ।  केहि समयअघि मात्र सत्ता गठबन्धनले बचत तथा ऋण सहकारी संस्थाका नाममा रहेको सम्पत्ति धितोमा राष्ट्र बैंकबाट छोटो अवधिको पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । यस विषयमा सरकारले राष्ट्र बैंकलाई पत्राचारसमेत गरेको थियो । तर गभर्नर अधिकारीले यसो गर्न नसकिने स्पष्ट पारेका हुन् ।
गत आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग भएको छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकमार्फत सहकारीलाई पुनर्कर्जा दिन नसकिने स्पष्ट पारेका हुन्।
‘धितो हुनेले सहकारी बैंकबाट कर्जा पाइरहेका छन्, तर धितो नै नहुने सहकारीलाई कसरी कर्जा दिन सकिन्छ ? सहकारीलाई पुनर्कर्जा दिन कानुनतः पनि मिल्दैन ।’ छलफलका क्रममा गभर्नर अधिकारीले भनेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै