PRABHU BANK

नबिल बैंकको अवको सीइओ को ?

काठमाडौं ।नबिल बैंक लिमिटेडमा सीइओको कार्यकाल सकिँदैछ । साँढे २ बर्षका लागि नियुक्त भएका सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल सकिन लागेको हो ।  ढुंगानाको कार्यकाल सकिनै लाग्दा अवको बैंकको सीइओ को हुने भन्ने विषय चर्चाको विषय बनेको छ ।

नबिल बैंकबाट ढुंगाना स्वयम् दोहोरिने मुडमा छैनन् । सत्ता समीकरण मिलेको खण्डमा भावी गभर्नरका रुपमा चर्चा पाएका उनी त्यसैको तयारीमा छन् ।

यता बैंकको बोर्ड सकेसम्म सुजित शाक्यलाई घर पठाएर मनोज कुमार ज्ञवालीलाई सीइओ बनाउन चाहिरहेको छ । तर शाक्य भने सकेसम्म नबिल बैंकको सीइओ बन्ने दौडमा छन् । बिनय रेग्मी भने अवकाश पाउने समय भएकाले बैंकको सीइओ हुने दौडमै छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै