National

बैंकरहरुमा बढ्दैछ मुटुरोग, एनएमबि बैंकका कर्मचारीलाई काम गर्दा गर्दै बैंकमै हृदयघात, अस्पताल लैजाँदै गर्दा निधन

काठमाडौँ । पछिल्लो समय बैंकरहरुमा मुटुरोग बढेको पाइएको छ । अत्यन्तै प्रेसरयुक्त काम, आरामको कमी, दैनिक कसरत गर्ने समयको अभाव र अस्वस्थ खानेकुराका कारण कर्मचारीहरुमा मुटु रोग बढेको पाइएको हो ।
यहि क्रममा एनएमबि बैंकका एक कर्मचारीको बैंकमा काम गर्दागर्दै निधन भएको छ । तिनकुने स्थित कार्यालयमा काम गर्दा गर्दै हृदयघात भएपछि एक कर्मर्चारीको अस्पताल लैजाँदैगर्दा निधन भएको हो ।
उनको परिवारलाई भेटी बैंकका प्रतिनिधिले आवश्यक सहयोगसमेत गरेका छन् । यद्यपी सो घटनापछि अन्य कर्मचारी पनि आफ्नो स्वास्थ्यबारे चिन्तित बनेको कर्मचारीहरु बताउँछन् ।
यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी पनि काम गर्दागर्दै हृदघातका कारण ढलेका छन् । आफ्ना हाकिमले बढी टर्चर दिएपछि आफुलाई अट्याक आएको बताउने ती कर्मचारी दोलखाका हुन् । दोलखामा नै हृदयघात भएपछि उनलाई काठमाडौँ ल्याइएको थियो । उनी अहिले काममा फर्किएका छन् भने उनलाई टर्चर दिने हाकिमले बैंक छोडेका छन् ।
बैंकहरुमा मुटुरोगीहरु बढेपछि चिकित्सकहरुले पनि आफ्नो स्वास्थप्रति सजग रहन आग्रह गरेका छन् । मुटु रोगबाट बच्न कामको अलावा स्वास्थ्यमा पनि ध्यान दिन र खानपानमा सचेत रहन चिकित्सकहरुको सुझाव छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै