PRABHU BANK

एनएमबि बैंकको खुद नाफा १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ, अन्य सुचक कस्तो ?

nmb-bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले नाफा ६.०४% ले बढेर १ अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्ष यसैअवधिमा यसले १ अर्ब ६१ करोड ३९ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ८७ करोड ४१ लाख ६ हजार रुपैयाँ रहेको छ । यस्तै बैंकको सञ्चालन नाफा पनि ५.३८% ले बढेर २ अर्ब ४२ करोड २९ लाख ८७ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ५.३७% ले घटेर २ अर्ब ७१ करोड ५५ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६४ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै