PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग प्रदान

shangrilla development bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले साउन ७ गते उक्त सहयोग अन्तर्गत चेक हस्तान्तण गरेको हो ।
महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो । यसबीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आफ्नै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।
उक्त महिला आदर्श सेवा केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका हुन् । यस किसिमको सहयोगले उक्त केन्द्रलाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै सो महिला आदर्श सेवा केन्द्रका अध्यक्ष निरु श्रेष्ठले आफ्नो विचार राखेकी थिइन् ।
त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको समेत अवगत गराएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै