National

रेमिट्यान्स सेवामा पनि अब्बल एनआईसी एशिया, घरमै बसी-बसी गर्न पाईन्छ कारोबार !

Nic Asia Bankबैंकिङ संसार । विभिन्न किसिमका आकर्षक योजना ल्याएर ग्राहकहरुलाई खुशी दिईरहेको एनआईसी एशिया बैंक अग्र स्थानमा आउन सफल भएको छ । ग्राहकहरुले बैंकबाट बैंकिङ सेवा मात्रै होइन साथीको जस्तै व्यवहार पनि पाएका छन् । र त बैंकको ग्राहक भनिरहन्छन् ‘बैंक होस् त एनआईसी जस्तो’ । एनआईसी एशिया बैंक हरेक हिसाबले बैंकिङ क्षेत्रमा दमदार उपस्थिति रहेको छ । डिजिटल कारोबारमा सबैभन्दा अघि रहेको एनआईसी एशियाले रेमिट्यान्स सेवामा पनि उत्तिकै अगाडी रहेको पाईन्छ।  सामान्यतयाः कुनै एक स्थानबाट कुनै अर्को स्थानमा कुनै पनि प्रयोजनका लागि रुपैयाँ/पैसा पठाउने कार्यलाई रेमिट्यान्स विप्रेषण भनिन्छ । रेमिट्यान्सलाई नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा लिइन्छ । रेमिट्यान्सले देशको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा ओगटेको पाईन्छ । 
‘डिजिटल फस्ट’को रणनीति बनाएको एनआईसी एशिया बैंकले रेमिटबाट कारोबार हुने रकमलाई सुव्यवस्थित र सहज बनाएको छ । उक्त सेवालाई अझै प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्दता बैंकले गरेको छ । देशका कुना काप्चासम्म पुगेर सेवा दिईरहेको यस बैंकले एनआईसी एशिया रेमिटबाट आएको रकमलाईसमेत अब एनआईसी एशिया बैंकको मोबाइल बैकिङबाटै पठाउने एवं बुझ्न सकिने जनाएको छ । जससंगै ग्राहकलाई बैंकमा जानुपर्ने झण्झटको अन्त्य भएको छ । ग्राहकले घरमै बसेर मोबाइल बैकिङ एपमार्फत नै रेमिट्यान्स सेवा लिन सक्नेछन् । नेपाली बैकिङ क्षेत्रमा पहिलो पटक यो सुविधा एनआईसी एशियाले ल्याएको पनि बैंकको दाबी गरेको छ ।
मोबाइल बैंकिङ एप, बैंकको आधिकारिक वेवसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ एनसेलमा निः शुल्क चलाउन सकिने व्यवस्थाको सुरुवात गरेको एनआईसी एशिया बैंकले मोबाइल बैकिङमा नै  रेमिट्यान्स सेवाले ग्राहकलाई भौतिक रुपमा जानुपर्ने बाध्यताको अन्त्य गरिदिएको हो । ग्राहकले आन्तरिक रेमिट्यान्स बुझ्न/पाउनको लागि बैंकको मोबाइल बैकिङ एपमा रहेको ‘रेमिटेन्स’मा गईं त्यसभित्र रहेको ‘रिसिभ रेमिटेन्स’ मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि ‘यूनिक पिन’ विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सकिन्छ । यस्तै रेमिट रकम सहज रुपमा पठाउन लागि भने ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमा गई एपभित्र रहेको ‘सेन्ड  रेमिट्यान्स’ आइकनमा ट्याप गर्नुपर्ने हुन्छ । रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा  रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिनेछ ।
बैंकका अनुसार उक्त पठाएको रकम देशभर रहेका एनआईसी एशिया बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै  प्राप्त गर्न सकिनेछ । जहाँबाट पनि बैंकका सेवा लिन सकिने भएकाले एनआईसी एशिया बैंकलाई धेरैले रुचाएको पाईन्छ । सेवा सुविधामा मात्रै होइन वित्तीय सूचकहरुमा पनि यो बैंक अब्बल रहेको छ । बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब  पुर्याउन बैंक सफल भएको छ । बैंकले रू. २.४० अर्ब खुद मुनाफा आर्जन गरेको छ । यस्तै बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४१.४३ आर्जन गर्न सफल भएको छ, जुन निजी क्षेत्रका अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
कोभिड–१९ को विषम परिस्थितिमासमेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरूमार्फत ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । 
बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७८/७९ को प्रथम त्रैमासमा वासलातको आकार, कर्जा, निक्षेप, सञ्चालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था पछिको), खुद नाफा, स्व–पूँजीमा प्रतिफल, प्रति शेयर आम्दानी, शाखा कार्यालय, एटिएम र ग्राहक संख्यामा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान (प्रति शेयर आम्दानी र ग्राहक संख्यामा निजी बैंकहरूमा पहिलो) ओगट्न सफल भएको थियो । बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । 
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै