PRABHU BANK

एनआईसी एशियामा कान्छा सीइओको कमाल ! वित्तीय सूचकमा अब्बल, अन्य क्षेत्रमा पनि उत्कृष्ट

Nic Asia Bankकाठमाडौं । शाखा सञ्जालमा सबैभन्दा अब्बल र अगाडी रहेको बैंक हो एनआईसी एशिया बैंक । शाखा सञ्जालमा मात्रै होइन वित्तीय सूचक अनि सेवा सुविधा प्रदान गर्ने मामला पनि एनआईसी एशियानै पहिलो नम्बरमा आउने गर्दछ । अन्य बैंकहरुको तुलनामा यो बैंकले ग्राहकहरुलाई छिटो छरितो र सहज तरिकाले सेवा प्रदान गरिरहेको छ । हरेक क्षेत्रमा नम्बर १ कहलिएको यस बैंकको नेतृत्व रोशन कुमार न्यौपाने गरिरहेका छन् । बैंकिङ क्षेत्रका कान्छा सीइओ अर्थात प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बैंकलाई भने सबैभन्दा जेठो सरह बनाएका छन् । 
वाणिज्य बैंकहरुमा सबैभन्दा कान्छो प्रमुख कार्यकारी अधिकृतको रुपमा दर्ज भएका न्यौपानेमा बैंकलाई सबैभन्दा सबल र अब्बल बनाउने दृढ इच्छाशक्ति, क्षमता र आत्मविश्वास रहेकाले बैंक आजका दिनसम्म आउँदा सबैको मन जित्न सफल भएको छ । बैंक यो स्थानसम्म आउनुमा सीइओ न्यौपानेसंगै बैंकको व्यवस्थापन टिमको पनि उत्तिकै भूमिका रहेको छ । पटका-पटक आइपरेका चुनौतीलाई अवसरको रुपमा बदल्दै, आम ग्राहक, शुभचिन्तक, सेयरधनी, लगानीकर्ताहरु, नियमनकारी निकाय सबैको मन जितेर एनआईसी एसियाले बैंकिङ क्षेत्रमा नै सबैभन्दा ठूलो आर्थिक साम्राज्य खडा गरेको तथ्यांकले देखाउँछ । 
एनआईसी एशियाले सार्वजनिक गरेको चालू आ.व. २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २७३.४६ अर्ब पुगेको छ । निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ८ प्रतिशत (रू. २२.०४ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन रू. २९९.३४ अर्ब पुर्याउन  बैंक सफल भएको छ । बैंकले उक्त अवधिसम्म आउँदा खुद मुनाफातर्फ रू. २.४० अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो । यस्तै बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ, जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । 
साथै, बैंकले वार्षिक प्रतिशेयर आम्दानी रू. ४१.४३ आर्जन गरेको छ । कोभिड–१९ को विषम परिस्थितिमासमेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई दोस्रो त्रैमाससम्ममा ०.४७ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ५ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ३३ लाख भन्दा बढी खाताहरूमार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । 
यस्तै बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ । बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
साथै एनआईसी एसिया बैंकमा मात्रै डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या १२ लाख ३५ हजार रहेको छ । यो संख्या भनेको अन्य बैंकको औसतभन्दा दुई सय ९७ प्रशितले धेरै हो । वाणिज्य बैंकहरुमा औसत मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या चार लाख ७९ हजार रहेकोमा एनआईसी एसियामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या १६ लाख ८० हजार रहेको छ । बैंकिङ क्षेत्रमा फरक खालको पहिचान बनाएको एनआईसी एसिया बैंकले देशका कुना कन्धरासम्म आफ्नो उपस्थितिलाई बलियो बनाएको छ । बैंकिङ नबुझेका दुर्गम होस् वा सुगमका व्यक्तिहरुलाई बैंकिङ बुझाउने प्रयासमा बैंक रहेको छ । बैंकमा पुगेका हरेक समुहका ग्राहक अर्थात विशेषत: वृद्धवृद्धालाई बैंकका कर्मचारीले प्राथमिकतामा राखी सेवा प्रदान गर्दा ग्राहकको संख्यामा पनि फड्को मार्न बैंक सफल भएको छ । 
एनआईसी एशिया बैंकले वित्तिय साक्षरता प्रदानमासमेत ठुलो भूमिका खेलेको छ । कतिपय अवस्थामा त बैंकले ग्राहकको घर-दैलोमै गएर बैंकिङ सेवा पनि दिंदै आएको छ । र त अधिकांश बालबच्चादेखि वृद्धवृद्धासम्मका खाता एनआईसी एशियामै रहेका छन् । बैंकको ग्राहकको तथ्यांक हेर्ने हो भने बैंकमा २९ लाख १८ हजार भन्दा बढी निक्षेप खाता रहेका छन् । ९४ हजारभन्दा बढी कर्जा खाता रहेको बैंकमा कुल ३० लाख २७ हजार भन्दा बढी खाताहरु छन् । सक्रिय जनसंख्याको झन्डै २५ प्रतिशत हिस्साका नागरिकले एनआईसी एशिया बैंकमा खाता खोलेको तथ्यांकमा उल्लेख छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै