National

खाता एक फाइदा अनेक : एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ मा बम्पर फाइदा लिन सकिने

Nic Asia Bankकाठमाडौँ । पछिल्लो समय एनआईसी एसिया बैंक ग्राहकको पहिलो रोजाइमा पर्दै आइरहेको छ ।  ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नाराका साथ लाखौं ग्राहकहरुमाझ आकर्षक योजनाहरु ल्याइरहेको एनआईसी एशिया बैंकले फाइदै-फाईदाका योजना ल्याउने क्रमलाई जारी राखेको छ । बैंकले समय अनुसार र ग्राहकहरुको आवस्यकताको पहिचान गरी छुटै-छुटै र सुविधै सुविधा भएका यस्ता योजनालाई ल्याउने क्रम जारी राखेको हो । जसबाट आम ग्राहकले धेरै भन्दा धेरै लाभ लिन सक्नेछन् ।
विभिन्न चमत्कारिक फाईदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको यस बैंकले सर्वश्रेष्ठ चमत्कारिक फाइदा भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सार्वजनिक गरेको छ । यसमा ग्राहकहरुले पाँच वर्षसम्म ८४ लाखसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क पाउनेछन् । बैंकले ल्याएको यस्तो योजनामा ग्राहकलाई फाइदाको ओइरो लाग्ने भएको छ ।
देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरूलाई सेवा दिँदै आएको बैंकले २०७८ कार्तिक १ गतेदेखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकको उत्साहजनक सहभागीता रहेको बैंकले जनाएको छ । 
आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले यसअघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको छ । 
साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको छ । 
बैंकका अनुसार सो योजना अन्तर्गत ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वार्षिक क्रेडिट कार्ड, क्रेडिट कार्ड सीमा, क्रेडिट कार्ड जारी शुल्क, क्रेडिट कार्ड वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, डिम्याट खाता एवं मेरो शेयर शुल्क, चेक क्लियरिङ, आरटीजीएस, आइपिएस/ सिपिएस/फण्ड ट्रान्सफर, लकर दस्तुर/लकर मार्जिन, पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क, ई–कमर्श सेवा पाँच वर्षको लागि निः शुल्क पाउनेछन् । यस्तै स्विप इन–स्विप आउट सुविधा खातामा २ लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुनेछ । ग्राहकले देशभरका कुनै पनि बैंकका एटिएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क पाउनेछन् । साथै विदेशी मुद्रा सटहीमा पनि विशेष सहुलियत दिईने बैंकले जनाएको छ ।
बैंकले अहिले थपेका सबै फाइदाहरू यसअघि सर्वश्रेष्ठ खाता खोलिसकेका ग्राहकहरूलेसमेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्ने जनाएको छ । बैंकले अहिले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा क्द्य टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकले अनुरोधसमेत गरेको छ ।
पछिल्लो समय बैंकले बीमा बापतको रकम र अवधिको आकार क्रमशः बढाउँदै आइरहेको छ । यसअघि सो खाताहरूमा पाइने फाइदाहरूलाई व्यापक रूपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा फाइदालाई ५ वर्ष अवधिको लागि प्रदान गरेको हो । यस्तो बचत खातामा यसअघि २१ लाखसम्मको सर्वश्रेष्ठ बीमा प्रदान गरेको थियो । लोभलाग्दो स्किम ल्याएर ग्राहकको मन जित्न सफल भएको यस बैंकले देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई बैंकिङ सेवा दिईरहेको छ । यस्तै बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै