PRABHU BANK

नेपाल एसबिआई बैंकले गर्याे तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कति कमायो नाफा ?

nepal sbi bank
  • बैकिङ संसार
काठमाडौं । नेपाल एसबीआई बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमाससम्म ४७.९६ प्रतिशतले खुद नाफा बढाएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा बैंकले ८७ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै बैंकको खुद ब्याज ४५.७९ प्रतिशतले बढेको छ र सञ्चालन नाफा ४७.९६ प्रतिशतले बढेको छ । यसले गर्दा बैंकको नाफा बढ्न सहयोग पुगेको छ ।
यो त्रैमाससम्म बैंकले निक्षेप संकलन ७.८५ प्रतिशत र कर्जा लगानी ११.८९ प्रतिशतले बढाउन सफल भएको छ । बैंकको वितरणयोग्य नाफा पनि २११.२५प्रतिशतले ले बढेको छ । यसको खराब कर्जा ०.१४ प्रतिशत रहेको छ ।
यस बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३ पैसाले बढेर १७ रुपैयाँ ६४ पैसा (वार्षिक) कायम भएको छ र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २७ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै