PRABHU BANK

आरम्भ चौतारी लघुवित्तको नाफा घट्यो, खुद नाफा ३७.१९ प्रतिशतले घटेर ४ करोड ९२ लाख २ हजार

Aarambha Chautari laghubitta
  • बैंकिङ संसार
काठमाडौं। आरम्भ चौतारी लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको यस त्रैमासमा खुद नाफा ३७.१९ प्रतिशतले घटेर ४ करोड ९२ लाख २ हजार रुपैयाँ पुगेको छ। गत वर्ष भने कम्पनीले ७ करोड ८३ लाख ३६ हजार रुपैयाँ खुद खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घटेकाले र खराब कर्जा बढेकाले यसको खुद नाफा प्रभावित भएको छ ।
यता कम्पनीको सञ्चालन नाफा ४२.०७ प्रतिशतले घटेर ६ करोड ९८ लाख ५१ हजार रुपैयाँमा पुगेको छ। गत वर्ष भने कम्पनीले १२ करोड ५ लाख ७८ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । खराब कर्जा १.०७ प्रतिशतले बढेर ४.७२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसको खराब कर्जा ३.४४ प्रतिशत थियो । यता खुद ब्याज आम्दानी भने ३२.३८ प्रतिशतले बढेर २६ करोड ८८ लाख १९ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५५ पैसाले घटेर १७ रुपैयाँ ८७ पैसामा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५५ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै