- बैंकिङ संसार
काठमाडौं । महुली लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १४.२१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ४०.५४ प्रतिशतले बढेको छ सञ्चालन नाफा पनि १२.७७ प्रतिशतले बढेको छ । यस्तै कम्पनीको निक्षेप संकलन २२.०३ प्रतिशतले बढेको छ र कर्जा लगानी पनि ३१.८० प्रतिशतले बढेको छ । कम्पनीको खराब कर्जा भने २.२४ प्रतिशत बाट बढेर २.५९ प्रतिशतमा पुगेको छ । यस्तै प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ०७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ०९ पैसा रहेको छ।