PRABHU BANK

कामना सेवा विकास बैंकले १४ औं शाखा रहित बैंकिङ सेवा सञ्चालन, अत्याधुनिक सेवा पुर्याउने उद्देश्य

Kamana sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल जेष्ठ २७ गते शुक्रबारबाट मोरङ जिल्लाको मिक्लाजुङ गा.पा.वडा नं ०३ धोबेनी बजारमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
मिक्लाजुङ गा.पा. वडा नं ०३ धोबेनी बजार स्थित सिमन इन्टरप्रइजेज (प्रो. गणेश प्रसाद भट्टराई) लाई शाखा रहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०३ का वडा अध्यक्ष सन्तोष कुमार थापा मगरले उक्त शाखा रहित बैंकिङ सेवाको उद्धघाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा कालिका उच्च माध्यमिक विद्यालयका प्रध्यानध्यपक मात्रिका प्रसाद न्यौपाने, टाँडी, धोबेनी बजार व्यापार संघका अध्यक्ष संजय कुमार लिम्बु लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।
शाखा रहित बैंकिङ मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै