PRABHU BANK

सनिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता, बैंकका ग्राहकहरुलाई विशेष छुट

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौँ । सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच २०७९ आषाढ २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको  mobile banking बाट QR code Scan वा Debit/Credit card मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलज्यूले हस्ताक्षर गर्नुभएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम्. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै