prabhu

एनएमबि बैंकको पार्किङबाट घुस रकमसहित पक्राउ परिन् युवती ! भ्रष्टाचारीले किन रोज्छन् एनएमबि ?

  • बैंकिङ संसार सम्बाददाता 
काठमाडौं- कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत एकजना सहायक रजिष्ट्रार घुस रकमसहित पक्राउ परेका छन् । कम्पनीको रुपमा दर्ता रहेको एक विद्यालयको हालसम्म बाँकी रहेको कर छुट गराइदिने भन्दै १ लाख रुपैयाँ लिएको अवस्थामा सहायक रजिष्ट्रार गीता कुमारी पन्थी पक्राउ परेकी हुन् । घुस लिएको रकम पन्थीले आफ्नी छोरी पोषण पन्थीलाई राख्न दिएकी थिइन् । दुवैजनालाई काठमाडौं–१४ स्थित एनएमबी बैंकको पार्किङबाट मंगलबार नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।
यसअघि थुप्रै पटक यसरी नै घुस खाएको रकम एनएमबि बैंकमा राख्ने गरेको आशंकासमेत गरिएको छ । यहि विषयलाई लिएर अनुसन्धानसमेत भइरहेको बुझिएको छ । यसअघि पनि अख्तियारले घुससहित पक्राउ गरेका २ जनाको खाता पनि एनएमबि बैंकमै रहेको पाइएको थियो ।पछिल्लो समय आफुलाई बैंक अफ दी एयर बिजेताको रुपमा देशकै सर्वोत्कृष्ट बैंक भन्दै प्रचार गरिरहेको एनएमबि बैंकमा नै किन यसरी घुस खानेहरुले खाता खोल्छन् भन्ने तथ्यचाहिं अनुसन्धानको विषय बनेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै