prabhu

‘अनुशासनको कारवाही’ भोगेका विवादित गणेश राज पोखरेल सिटिजन्स् बैंकको कामु सीइओ नियुक्त !

काठमाडौं – नेपालको लेखा व्यवसायको नियमनकारी संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले अनुसासनको कारवाही गरेको व्यक्तिलाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कामु सीइओ बनाएको छ । नियम विपरित लेहापरिक्षण गरेको भन्दै कारवाहीमा परेका पोखरेललाई सिटिजन्स बैंकको सिर २८ गते बसेको संचालक समितिको बैठकले पुस १ गतेबाट लागू हुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे हाे।
आइक्यानकै पूर्व काउन्सिल सदस्यसमेत रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको कार्यकाल पुस १६ गते समाप्त हुने भएको र उनी पुस १ गतेबाट विदामा बसेकाले अर्को व्यवस्था नभए सम्मका लागि पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको बैंकले जनाएको छ । तर उनलाई नै पूर्ण सीइओ बनाउने खेल बैंकभित्र सुरु भएको बुझिएको छ ।
गणेश पोख्रेललाई आइक्यानले गरेको कारवाही बारे बैंकिङ संसार डटकमले निरन्तर रुपमा लेख्दै आएको छ । गणेश राज पोखरेललाई मिति २०७४ साल असार १७ गते बसेको संस्थाको २०८ औं बैठकले कारवाही गरेको हो । नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन तथा लेखा व्यवसायको आचारण, आचारसंहिता विपरित काम गरेको पाइएकाले नेपाल चार्टड एकाउन्टेन्ट्स ऐन २०५३ को दफा १४ (५) (ग) बमोजिम ३ महिनासम्म लेखापरिक्षण गर्न नपाउने गरी उनलाई कारवाही गरिएको हो । 
यस विषयमा थप जानकारी हामी प्रमाणसहित अर्को अंकमा प्रस्तुत गर्नेछौं !

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै