PRABHU BANK

झापाको दमकमा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार, ६९ ठाउँमा सञ्जाल

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्ला, दमक नगरपालिकाको वडा नं ०६, सन्तविर चोकमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले सोमबार ६९ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।
बैंक संचालक समितिका सदस्य भीमप्रसाद तुलाचन तथा प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै