PRABHU BANK

शिखर इन्सुरेन्सको खुद नाफामा वृद्धि, प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ४० पैसा

Shikhar Insurance
  • बैंकिङ संसार 
काठमाडौं । शिखर इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्म इन्सुरेन्सको खुद नाफा २८.९३ प्रतिशतले बढेर ४० करोड १४ लाख ३९ हजार रुपैयाँ भएको हो । 
गत वर्षको यसैअवधिमा इन्सुरेन्सको ३१ करोड १३ लाख ६५ हजार रुपैयाँ खुद नाफा रहेको थियो । यसअवधिमा बिमा कोषको आकार १६.५८ प्रतिशतले बढेर १ अर्ब ४१ करोड १६ लाख २७ हजार रुपैयाँ भएको छ । 
 
जगेडा कोष पनि ३९.४३ प्रतिशतले सुधार हुँदै ७० करोड ९७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बिमा शुल्क आर्जन १८.५० प्रतिशतले बढेर १ अर्ब ३९ करोड १० लाख रुपैयाँ पुगेको छ । 
अघिल्लो वर्ष यसले १ अर्ब १७ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । यसैगरी प्रतिसेयर आम्दानी वार्षिक २१ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ २५४ रुपैयाँ ४० पैसा रहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै