PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकको एक्सेल सम्वृद्धि बचत खाता संचालनमा, वार्षिक ९.०५% ब्याजदर प्राप्त गर्न सकिने

Excel Development
  • बैंकिङ संसार
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले ‘एक्सेल सम्वृद्धि बचत खाता’ संचालनमा ल्याएको छ । यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने छ । न्यूनतम २ हजारमा खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुने बैंकले जनाएको छ । ‘एक्सेल सम्वृद्धि बचत खाता’ सबै उमेर समुहका नेपाली नागरिकहरुले खोल्न सक्नेछन् ।
बैंकले स्थानिय स्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ सुबिधाहरु समेत उपलब्ध गराउने जनाएको छ । जस अन्तर्गत निःशुल्क मोबाइल बैंकिङ, एटिएम कार्ड, चेक बुक, अन्य बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुनेछ ।
हाल बैंकले बैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र बार्षिक १३.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट मुद्धति खाता समेत संचालन गरिरहेको बताएको छ । बैंकका अतिरिक्त १० वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दती निक्षेपहरु पनि संचालनमा रहेका छन् ।
झापा, मोरङ्ग, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको यस बैंकले ४४ वटा शाखामार्फत स्थानिय स्तरमा बैंकिङ सेवा प्रदान गर्दै आएको दाबी गरेको छ । नगद रहित कारोवारलाई प्रोत्साहन गर्न स्मार्ट बैंकिङ, क्युआर कोड पेमेन्ट,आरटिजिएस, कर्पोरेट पे जस्ता सुबिधाहरु समेत उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । साथै १ नं. प्रदेश भरी सेवा विस्तार गरी प्रादेशिक बैंक बन्नका लागि आवश्यक पुँजी समेत पुर्याई नेपाल राष्ट्र बैंकमा आवेदन गरी सकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै