PRABHU BANK

महालक्ष्मी विकास बैंकद्वारा तीजको अवसरमा नारी सम्मान अभियान सार्वजनिक

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौँ । महालक्ष्मी विकास बैंकले हरितालिका तीजको अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । भाद्र महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप नि:शुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गर्ने बैंकले जनाएको छ ।
ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको यस बैंकले नारीहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।
महालक्ष्मी बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरीसकेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै