PRABHU BANK

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर, सेवा लिदाँ ३०% छुट पाउने

Prabhu Capital
  • बैंकिङ संसार
काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । भाद्र १ गतेका दिन प्रभु क्यापिटल तथा TRANQUILITY SPA बीच सम्झौता भएको हो । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले TRANQUILITY SPA बाट सेवा लिदाँ ३० प्रतिशत छुट पाउने भएका छन् ।
यस योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको डिजिटल एप डाउनलोड गरी सो मा रजिष्टर भई आफ्नो डिम्याट खाता लिंकरकनेक्ट गर्नु पर्नेछ । हितग्राहीले CHECK OUT ⁄ BILL PAYMENT गर्दा प्रभु क्यापिटलको मोबाइल एपमा डिम्याट खाता लिंक भएको देखाउनु पर्ने क्यापिटलले जनाएको छ ।
TRANQUILITY SPA को रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । असार मसान्त २०८० सम्म सञ्चालन हुने यो अफरको लाभ प्रभु क्यापिटलका हितग्राही ग्राहकले यसको नेपालभरिका शाखाहरुबाट प्राप्त गर्न सक्ने क्यापिटलले जनाएको छ । यो अफर हालसम्म एप डाउनलोड गरेका सम्पूर्ण हितग्राहीको हकमा समेत लागू हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै