PRABHU BANK

हिमालयन बैंकले भदौ १५ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको हो । जसमध्ये १५ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख इकाइका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछ । र सामूहिक लगानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रमा वार्षिक ब्याजदर १०.५०प्रतिशत रहेको छ । बैंकले ७ वर्ष अवधिको “हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्ने भएको छ ।
यो ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ २९ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै