prabhu

गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसनबीच सम्झौता, भिजा कार्डबाट हुने बिल भुक्तानीलाई सहज बनाउने उद्देश्य

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौँ । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.द्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ ।
सम्झौतापत्र अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः मोबाईल टपअप, ईन्टरनेटरबिधुतरखानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको बिल भुक्तानी लगायतका सेवाहरु सजिलै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५ सय भन्दा बढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ । हाल, बैंकले नेपालभर १ सय २० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै