PRABHU BANK

कालिका लघुवित्त वित्तीय संस्थाको आजदेखि ४ हजार कित्ता सेयर बिक्रीमा

Kalika Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आज (भदौ ९ गते) देखि बिक्रिमा ल्याएको छ । लघुवित्तको संस्थापक सेयरधनी शिशिर मिश्रको नाममा रहेको ४ हजार कित्ता सेयर बिक्रिमा ल्याएको हो । 
सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय पोखरा–१०, कास्कीमा सूचना जारी भएको मितिबाट ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको समय भित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिद गर्न आवेदन प्राप्त नभएमा भने त्यसपछि अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्न व्यवस्था गरिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै