PRABHU BANK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गर्यो आकर्षक लाभांश दिने घोषणा !

nirdhan uttan laghubitta
  • बैंकिङ संसार 
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले बोनस सेयर र नगद लाभांश दिने घोषणा गरेको छ । संस्थाको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद गरी कुल ४०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 
सेयरधनीहरुलाई संस्थाले ३० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने १८ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ नगद बाँड्नेछ ।
अहिले यस संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै