PRABHU BANK

एनसीसी बैंकद्वारा काभ्रेको अपाङ्ग बाल अस्पताललाई २५ लाख आर्थिक सहयोग प्रदान

 ncc bank
  • बैंकिङ संसार 
काठमाडौँ । एनसीसी बैंकले प्रदेश नं. ३, काभ्रे जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई बिहीबार पच्चीस लाख बयालिस हजार एक सय नब्बे रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गता भएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराईएको बैंकले जनाएको छ ।
उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै