PRABHU BANK

कुमारी बैंक र द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच सम्झौता, बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा आकर्षक छुट

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौँ । कुमारी बैंक लिमिटेड र वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई बर्गर हाउसका विभिन्न सेवामा डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिटरक्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै