काठमाडौँ। प्रभु बैंकका कर्मचारी पनि सम्पर्कविहिन भएका छन्। बैंकले एक सूचना जारी गर्दै आफ्ना चार जना कर्मचारी सम्पर्कविहीन भएको जनाएको छ।
भदौ १० गते बिहान रसुवामा आएको बाढीका कारण शाखामा कार्यरत कर्मचारीहरू हालसम्म सम्पर्कमा आउन नसकेको बैंकले जनाएको छ।
बैंकले उनीहरूलाई देखे वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरे तत्काल बैंकमा सम्पर्क गरी जानकारी गराइदिन आग्रह गरेको छ।
बैंकले कर्मचारीहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको जनाएको छ। साथै, प्रभावित क्षेत्रमा रहेका सबैलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। यो हेर्नुहोस्:



