prabhu

प्राईम बैंक र सेलपेबीच सहकार्य, खाता आवद्ध गर्ने ग्राहकले १०० रुपैयाँको रिचार्ज पाउने

prime bank
  • बैंकिङ संसार 

काठमाडौं । प्राईम कमर्सियल बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप-महाप्रबन्धक भाई राजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवनप्रधानले हस्ताक्षर गरेका हुन् ।
प्राईम कमर्सियल बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने बित्तिकै १०० रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् ।
सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्धारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।
सन् २००७मा स्थापना भएको यस बैंकले ९९ शाखाहरु र ५४ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै