prabhu

कृषि विकास बैंक र फोनपेबीच भयो सम्झौता, मोबाईल बैंकिङबाट किनमेल र भुक्तानी गर्न सकिने

 krishi bikash bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोनपेबीच सम्झौता भएको छ । सम्झौतापत्रमा फोनपेका एफ वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ग्राहकले आफ्नो मोबाईल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सक्नेछन् । फोनपेका सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिनेछ । यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ ।
विद्युतीय माध्यमबाट भुक्तानी गर्दा यस बैंकसँग खाता भएका ग्राहकहरुले क्यास ब्याकको सुविधा पाउने बैंकका डिजिटल बैंकिङ्ग विभागका विभागीय प्रमुख बासु अधिकारीले बताएका छन् ।
बैंकले २ सय ७४ वटा शाखा, ११ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटिएम टर्मिनल, ८५ हजार डेविट कार्ड ग्राहक, २ लाख ३७ हजार मोवाईल बैंकिङ्ग ग्राहक, १४ लाख खाता ग्राहक, ४७ वटा कार्यालयवाट सरकारी कारोवार लगायत बैंक जमानत, प्रतितपत्र, विदेशी मुद्रा विनिमय लगायत आधुनिक भुक्तानीका सेवा सहित सम्पुर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै